बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ ।
सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताउनु भयो ।
निर्वाचन अधिकृत पौडेलले एक सिल चुडिदैँमा मत पत्रमा कुनै खालको असर नगर्ने भएकाले राजनीतिक दलहरूलाई मिलेर आउन आग्रह गरेको बताउदै मत पेटिका खोल्ने क्रममा सिल चुडिएको र स्वस्तिक छाप भेट्टिएपछि अहिले मतगणना रोकिएको बताउनु भयो ।
अन्य वडाको मतगणना जारी रहेको र राजनीतिक दलहरूसँग छलफल भइरहेको निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।