तिलोत्तमा नगरपालिका–१६ को मतगणनाका क्रममा गणक र नेपाली कांग्रेसका प्रतिनिधिहरूबिच विवाद भए पछि जेठ ३ गते मतगणना स्थगित भएको छ ।
गणना भइसकेको मतको संख्या १५९ हुनु पर्नेमा १९५ भएको भन्दै गणकहरूले नेकपा एमालेको समर्थन गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
मत गणना स्थल बाहिर नारा जुलुस र ढुङ्गा प्रहार भइरहेको र सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको निर्वाचन अधिकृत माधव लोहनीले बताउनु भयो ।
इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उक्त विवादाष्पद ठाउँमा अनुगमनमा पुगेर घटनाबारे जानकारी लिएको छ ।