बुटवल उप–महानपा–९ मिलनचोकस्थित आकाशे पुल नजिक सनराइज बैंकको अगाडि वैशाख २८ गते कुकर बम विस्फोट भएको छ ।
घटना स्थलमा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रिय प्रचार प्रसार लेखेको पर्चाहरू भेट्टिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसी ठगबहादुर केसीले बताउनु भयो ।
पोष्टरमा वैशाख २९ र ३० गते नेपाल बन्द गरौ स्थानीय तहको निर्वाचन बहिष्कार गरौ भनी लेखिएको प्रहरीले जनाएको छ ।
बिष्फोटबाट कुनै क्षति नभएपनि स्थानीयहरूमा त्रसित बनेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताउनु भयो ।