INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन सामग्री सहित ३ हजार ९५ जना कर्मचारी मतदान केन्द्रमा खटाइए

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका १३ ओटा स्थानीय तहमा आवश्यक सामग्री सहित ३ हजार ९५ जना कर्मचारीहरु परिचालन गरिएको छ ।

जिल्लाका १३ ओटै स्थानीय तहमा २ सय ३६ मतदान स्थल, ६ सय १९ मतदान केन्द्रमा ६ सय १९ मतदान अधिकृत, ६ सय सहायक मतदान अधिकृत, ६ सय १९ कार्यालय सहयोगी र १ हजार २ सय ३८ अन्य कर्मचारी गरी ३ हजार ९५ जना कर्मचारी निर्वाचन सामग्री सहित कार्य तालिका अनुसार मतदान केन्द्रमा खटाइएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनु भयो ।

photo20220510kailali (1)

मुख्य निर्वाचन कार्यालयका अनुसार कर्मचारीहरुले मतदान केन्द्र पुगेर निर्वाचन कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पुर्वधार तयार गर्ने, मतदाता परिचय–पत्र वितरण गर्नेलगायतका काम गर्नु पर्ने हुनाले वैशाख २७ गते भित्रै सबै कर्मचारीले मतदान केन्द्रमा पुगिसक्ने गरी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत पनेरुले बताउनु भयो ।

photo20220510kailali (2)

आसन्न स्थानीय तह निर्वाचनमा जिल्लाभरी सात जना प्रमुख र सात उपप्रमुख, ६ जना अध्यक्ष र ६ जना उपाध्यक्ष, १  सय २६ वडाध्यक्ष, १ सय २६ महिला सदस्य, १ सय २६ दलित महिला सदस्य र २ सय ५२ खुला सदस्य गरी ५ सय ३० जना जनप्रतिनिधि छनौटका लागि निर्वाचन हुने भएको हो ।

photo20220510kailali (3)

जिल्लामा ५ लाख २५ हजार १ सय २५ मतदाता रहेकोमा २ लाख ६९ हजार १० जना महिला, २ लाख ५६ हजार १ सय ४ जना पुरुष र ११ जना एलजिबिटिक्यू समुदायका व्यक्ति मतदाता रहेको निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा उल्लेख गरिएको छ ।

photo20220510kailali (4)

photo20220510kailali (5)

photo20220510kailali (6)

photo20220510kailali (7)

अन्य

भिडियो