INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत निस्सा बाँडियो

निर्वाचन आचारसंहिता–२०७८ को उल्लघङ्न गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ ।

नेकपा (माओवादी केन्द्र) निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले २३ गते सुकुम्बासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले भरतपुर महानगरपालिका–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् ।

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गरे ।

लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी गरे ।

कार्यक्रममा सहभागी एक स्थानीयले माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्ष र मेयरका उम्मेदवारलाई भोट हाल्न दबाबसमेत दिइएको छ ।

आयोगका पदाधिकारीले माओवादीलाई भोट नहाले निस्सा र लालपूर्जा नपाउने चेतावनी समेत दिएका छन् ।

आयोगका केन्द्रीय उपाध्यक्ष सरकारी गाडी लिएर निस्सा बाँड्न र मतदाता फकाउन गणेशस्थान पुगेका थिए ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताउनुभयो ।

अन्य

भिडियो