INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिताको विपरीत निर्वाचन प्रचारप्रसार:  निर्वाचन अधिकृतद्वारा कारबाहीको चेतावनी

जिल्लामा निर्वाचन आचारसंहिताको उल्लङ्घन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

धादिङबेसी स्थित मूख्य निर्वाचन अधिकृत कार्यालयमा वैशाख २३ गते आयोजित छलफल कार्याक्रममा यस्तो बताइएको हो ।

छलफल कार्याृक्रममा सहभागी सञ्चारकर्मी र पर्यवेक्षण संस्थाका प्रतिनिधिहरूले राजनितिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूले पालना गर्नुपर्ने आचारणर निर्वाचन प्रचार प्रसारमा आचारसंहिता विपरित काम गरेको विषय उठेको थियो ।

कार्यक्रममा दल तथा स्वतन्त्र उम्मेदवारहरूले ठूलो आवाजमा माइक प्रयोग गरेर भोट मागिएको, ठूला झण्डा र तिर्वाचन चिन्ह प्रयोग गरेको, केही राजनितिक दलहरूले लकेट प्रयोग गरेको, टिसर्ट, टोपी प्रयोग गरेको, अनियन्त्रीत तरिकाले मोटरसाइकल र गाडीहरू प्रयोग गरेको, प्रतिबन्ध लगाइएको ब्यानरहरू, फ्लेक्सहरू प्रयोग गरेको देखिएको उल्लेख छ ।

जिल्लाका विभिन्न पालिकाका निर्वाचन अधिकृतहरूको सहभागिता रहेको कार्यक्रममा आचारसंहिता उल्लङ्घनको घटना व्यापक भएकोले नियन्त्रण गर्न आवस्यक भएको सुझाव दिनुभएको थियो ।

निर्वाचन आचारसंहिताले कानूनी मान्यता समेत पाएकोले कानुन अनुसार कारबाही गरिने तहमा समेत निर्वाचन आयोग जानसक्ने प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधीश रमेशप्रसाद ज्ञावालीले बताउनुभएको छ ।

उम्मेदवार निर्वाचन प्रचारप्रसार गर्न दुई ओटासम्म सवारी साधन प्रयोग गर्न पाइने बताइए पनि कुनै पनि उम्मेदवारले हालसम्म सवारी साधनको पास नलिएकोले दल तथा उम्मेदवारहरूलाई तत्काल पास लिन आग्रह गर्दै अटेरी गरे कारबाहीको दायरामा ल्याइने प्रमुख निर्वाचन अधिकृत ज्ञावालीले बताउनुभयो ।

अन्य

भिडियो