कमला नगरपालिका–१ मङ्गराबाट नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७२ वर्षीय चन्द्र नारायण यादवमाथि अपरिचित समूहले धारिलो हतियार प्रहार गरेको छ ।
वैशाख २१ गते राति साढे १२ बजे करिव १० जनाको समुहमा आएका नकावधारी समूहले वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवलाई हत्या गर्ने योजनासहित आक्रमण भएको नेकपा माओवादी केन्द्रका स्थानिय नेता सुरेन्द्र यादवले बताउनु भयो ।
वडाध्यक्षलाई हत्या गर्ने योजनाले आएका नकावधारी समूहले सर्वदेव यादव सुति रहेको घरको ढोका फुटाउन नसकेपछि घर बाहिर बरण्डामा सुति रहेका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा चन्द्र नारायण यादव उपर धारिलो हतियार प्रहार गरेका हुन् ।
यादवको आँखा, टाउको, छाती लगायत शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
घटनाको अनुसन्धान गरिरहेको र घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले बताउनु भयो ।