INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनाव नजिकिएसँगै आचारसंहिता उल्लङ्घन बढ्दो, उम्मेदवार अपहरण गरेको पीडित पक्षको आरोप

प्रदेश १ मा स्थानीय तह निर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेर गएका छन् ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार चुनाव मिति नजिकिएसँगै जिल्लामा मतदातालाई प्रभावित पार्न निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढेका छन् । मतदातालाई प्रभावित पार्न दिक्तेल रूपाकोट मझुवागढी–९ का मतदातालाई प्रभावित पार्न को २ त १९५४ नम्वरको ट्रयाक्टरमा ४० थान टनेल, १६ थान जस्तापाता र एक थान सिलिण्डर ग्यास प्रहरीले दक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बाट नियन्त्रणमा लिएको छ ।
आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न विभिन्न सामग्री लगिएको सूचनाका आधारमा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश लम्सालले बताउनु भयो । सामग्रीका विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ४ मा आचारसंहिता विपरित १६ क्याएल पाइप वितरणका लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर खानीडाडास्थित प्रहरी चौकीमा राखेको छ ।
निर्वाचन आचारसंहिता विपरित कसले र कहिले वितरणका लागि लगिएको हो भन्ने विषय प्रहरीले गोप्य राखेको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले आचारसंहिता उल्लङ्घन नगर्नका लागि वैशाख २२ गते सार्वजनिक सूचना जारी गरेको छ ।

photo 20220505 khotang

झापा प्रतिनिधि नरेश खातीका अनुसार विर्तामोड  नगरपालिकाका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले   निर्वाचन आचारसंहिता २०७८ विपरीत प्रचारप्रसार गरेको पाइएको छ ।
निर्वाचन प्रचारप्रसार  कार्यक्रममा मापदण्ड विपरीत झण्डा, ब्यानर राखी, माइक बजाई  आचारसहिता उल्लङघन गरेको पाइएको हो । नेकपा एमालेका  अर्जुनधारा नगरपालिका- ६ वडाध्यक्षका पदका उम्मेदवार दिवाकरलाल चौधरीको  प्रचारप्रसार  समूहले मत माग्न पिकपभेनमा मापदण्ड विपरीतका झण्डा र ब्यानर  राखी  निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।
निर्वाचन आचारसहिता २०७८ को दफा १२ को ९ड० मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामण्रीहरु प्रदर्शन गर्न नहुने भनी उल्लेख छ ।

photo 20220505 Jhapa (1)

photo 20220505 Jhapa (2)

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार रामधुनी नगरपालिका–८ बाट वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनु भएका ६२ वर्षीय गणेशबहादुर पौडेलको अपहरण भएको परिवारले आरोप लगाएको छ । पहिले नेपाली कांग्रेसमा रहेको र टिकट नपाएपछि स्वतन्त्र उम्मेदबार बन्नु भएका पौडेल वैशाख २१ गते इनरूवा नगरपालिकातिर काम विषेशले आएको बेलामा परिवारको सम्पर्कमा नआएपछि अपहरण भएको पीडित परिवारको आरोप छ । केहीले नेपाली कांग्रेसबाट टिकट नपाएकाले कांग्रेसकै साथीहरूबाट एकान्तमा लगिएको र केहीले अपहरण भएको आशङ्का गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्कीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनु भएको छ । स्थानीय तह निर्वाचनको माहोलमा दाईको अपहरण भएको ४५ वर्षीय भाई सन्तोष पौडेलको आरोप छ ।

photo 20220505 sunsari

अन्य

भिडियो