ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अकविर खड्काले एक लाख रुपियाँ (हजारका नोटको) माला लगाइदिनु भएको छ ।
नेकपा माओवादी केन्द्र गाउँ कमिटि हुम्लाले सञ्चालन गरेको आमसभा कार्यक्रममा बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निष्कृय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई दिएको बताउनु भयो ।
खड्काले भन्नु भयो, ‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निष्कृय गरेर मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको हुँ ।’
स्वतन्त्र उम्मेदवारी दिएका खड्कालाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो । स्वतन्त्र उम्मेदवारी दिएपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैशीलाई हस्तान्तरण गरेको बताउनु भयो ।
