INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलका चर्को प्रचारप्रसारले परीक्षार्थीलाई समस्या

राजनीतिक दलका प्रचारप्रसारले परीक्षार्थीलाई समस्या भएको गुनासो गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनकाे प्रचारप्रसारका क्रममा परीक्षा केन्द्र नजिकै विभिन्न राजनीतिक दलले चर्काे स्वरमा माईकिङ् लगाएपछि परीक्षार्थीलाई समस्या भएको पर्बत स्थित नमुना आवासिय माविका प्रधानाध्यापक ईन्द्रमान खत्रीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

निर्वाचन आयोगले सम्वेदनशिल क्षेत्रमा माईकिङ् गर्न नपाउने गरी नियम बनाएपनि पर्बतमा उक्त नियम लागु हुन सकेको छैन ।

माईकिङ्बाट एसईई परीक्षामा सहभागी विद्यार्थी पनि प्रभाबित बनेको जिल्ला शिक्षा समन्बय ईकाई पर्बतका प्रमुख रामेश्वर लामिछानेले गुनासो गर्नुभयो ।

उक्त बिषयमा इन्सेक प्रतिनिधिले मुख्य निर्बाचन अधिकृत बलराम त्रिपाठीलाई जानकारी गराउँदा राजनीतिक दलहरूले अन्य क्षेत्रलाई प्रभाव पर्ने गरी कुनै पनि गतिबिधि सञ्चालन गर्न नहुने र आचारसंहिता विपरित ध्वनि प्रदुषण गर्न नपाउने भन्दै सम्बन्धित विषयमा दललाई सचेत गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

हाल एसइइ का साथै संस्थागत तथा सामुदायिक विद्यालयले समेत अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् ।

अन्य

भिडियो