यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयको आयोजनामा वैशाख १८ गते नमूना मतदान सम्पन्न गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न सहयोग पुगोस भन्नका लागि जिल्ला सदरमुकाम, बसपार्कमा नमूना मतदान गरेको हो ।
बसपार्कमा गरिएको नमूना मतदानमा ३० जना पुरुष र २० जना महिला सहभागि भएका निर्वाचन कार्यालयका प्रमुख करुणाकर अबस्थीले बताउनु भयो ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मत बदर नहोस् भन्ने उद्देश्यका साथ नमुना मतदान अभ्यास गरिएको र खसेको मतमध्ये ९८ प्रतिशत मत सदर भएको निर्वाचन कार्यालयका प्रमुख अबस्थीले बताउनु भयो ।


