INSEC Online

📅 २०८३ जेष्ठ २१

कांग्रेस र माओवादी कार्यकर्ताबिच झडप, १४ जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा वैशाख १६ गते नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार पश्चात डिस्चार्ज भएको अस्पताल प्रहरी यूनिटका हवलदार जगनाथ खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘घाइतेहरुलाई सामान्य चोटपटक लागेको थियो । सामान्य उपाचारपछि उनीहरू डिस्चार्ज भएका हुन् ।’

घाइते हुनेमा माओवादी केन्द्रका कार्यकर्तातर्फ श्रमण परियार, जनकराज खत्री, सुर्य परियार, भैरव दमाई, नरेन्द्र कार्की, अम्मर कठायत, भरत रावत र विमला रावत रहेका छन् ।

यस्तै कांग्रेसतर्फ मीन कार्की, रमेश रावल, दिनेस खत्री, धर्मराज रावल, कमल परियार र नवराज परियार रहेको हवल्दार खड्काले बताउनु भयो ।

नेपाली कांग्रेसका रामकृष्ण न्यौपानेका अनुसार वडाध्यक्षको उम्मेदवार डिल्ली रावलको टोलीले विमला दमाईको घर गएर ढुुङ्गा हानेपछि दुई पार्टीका कार्यकर्ताबिच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार वडाध्यक्षका दुवै उम्मेदवारलाई वैशाख १६ गते नियन्त्रणमा लिएका छौँ ।

अन्य

भिडियो