INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट चैत २९ गते साँझ उद्दार गरी भरतपुर महानगरपालिका-१० की ४३ वर्षीया आशमाया पुन मगरलाई गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचविखनको लागि लैजान लागेको प्रहरीको आरोप छ ।

कुवेत जान हिँडेकी महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएकोले बेचबिखनका लागि लैजान थालेको र कुवेत पठाउने भन्ने बहाना मात्र भएकोले चैत ३० गते मानव बेचविखन तथा ओसार-पसारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

अन्य

भिडियो