वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली कांग्रेसका उम्मेदवारले आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भेटिएको छ।
कांग्रेसको तर्फबाट नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्षका उम्मेदवार सीता गुरुङले वैशाख १७ गते आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको भेटिएको हो ।
निर्वाचन आचारसंहिताकाे २०७८ का परिछेद ४ काे दफा १३ काे क र ज बुँदाकाे उल्लंघन भएकाे हाे ।
निर्वाचन आचारसंहिता विपरीत उम्मेदवार गुरुङले यु.पी. ५६ भी ६७८६ नम्बरको भारतीय गाडी प्रयोग गरेर निर्वाचन प्रचार सामाग्री समेत राखिएकको छ ।

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहररू निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ।
भारतीय सवारी साधन चलाउन पूर्ण रुपमा बन्देज छ ।
कुनै पनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको धादिङका प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले दलहरूलाई राखेर आयोजना गरेको कार्यक्रममा समेत बताउनु भएको थियो ।