INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते साँझ ५ बजे यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका –३ धारापानी निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य गणेश बिकलाई प्रहरीले वैशाख १६ गते बिहान गिरफ्तार गरेको छ ।

पीडित बालिका मात्र घरमा रहेको अवस्थामा स्थानीय निर्वाचनको लागि भोट माग्ने क्रममा हिँडेका नेकपा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँपालिका कार्य समिति सदस्य समेत रहेका बिकले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले सोही दिन इलाका प्रहरी कार्यालय कालिकास्थानमा उजुरी दिएका थिए ।

आरोपितलाई गिरफ्तार गरी अनुशन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका वरिष्ठ सई काशीराम बुढाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते स्थानीय स्वास्थ्य चौकीमा गरियो ।

अन्य

भिडियो