INSEC Online

📅 २०८३ जेष्ठ २१

पतिको कुटपिटबाट पत्नी गम्भीर घाइते

धनकुटा नगरपालिका–९ कमलाबारीकी ३० वर्षीया कविता राई २९ वर्षीय पति अनिल राईको कुटपिटबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले वैशाख १५ गते घरायसी विवादका क्रममा निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पतिको कुटपिट पत्नीको हात भाँचिएको र अनुहारमा चोट लागेको छ । पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आरोपितविरूद्ध पीडितले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी दाहालले बताउनु भयो ।

Photo 20220428 Dhankuta

अन्य

भिडियो