INSEC Online

📅 २०८३ जेष्ठ २१

समय व्यवस्थापनका लागि मनोनयन गर्न दुई दिनः आयोग

निर्वाचन आयोगले वैशाख १० गते एक विज्ञप्ति जारी गरी समय व्यवस्थापनका लागि दुई दिन उम्मेदवारको मनोनयनका लागि छुट्याएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गर्नका लागि कतिपय स्थानीय तहमा गोलाप्रथाद्वारा मनोनयनको दिन तय गरिएको भन्ने सूचना प्राप्त भएको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम एक दिन रहेकाले सोही दिन नै मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएकाले यसपाली समय व्यवस्थापनका लागि भन्दै उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय छुट्टाईएको आयोगले स्पष्ट पारेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा ‘दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्नुहुन आयोग सम्पूर्ण सरोकारवालालाई आग्रह गर्दछ’ उल्लेख गरिएको छ, ।

‘साथै कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोलाप्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ भनिएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘अतः आयोगले उपलब्ध गराएको मनोनयन दर्ताको समयमा मनोनयन दर्ता कार्यलाई सु–व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पादन हुने गरी सहयोग पु¥याउन हुन तथा कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकार माथि कहि कतैबाट कुनै अवरोध आउन नदिन र निर्धारित दुई दिन मध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।’

२०७९ वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि वैशाख ११ गते र १२ गते उम्मेदवारी दर्ताको लागि समय छुट्याइएको छ ।

Press-Release-Nirwacha Ayog

अन्य

भिडियो