INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारका घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शंखरापुर नगरपालिका–७ साल्खा टोलमन ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरमन४१ वर्षीय प्रकाश श्रेष्ठलाई प्रहरीले २०७८ वैशाख ६ गते शंखरापुर नगरपालिका–६ बज्रयोगिनीबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई शंखरापुर नगरपालिका–६ स्थित बज्रयोगीनीको जात्रामा भिडभाड रहेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध महानगरीय प्रहरी प्रभाग साँखुमा वैशाख ६ गते उजुरी दिएपछि प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीको टोलीले दुवै जना आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

आरोपितहरूलाई जिल्ला अदालतबाट वैशाख ७ गते सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी न्यौपानेले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ७  गते थापाथलीस्थित प्रसुति गृहमा गरियो ।

अन्य

भिडियो