INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यकारी पदमा महिला हुनुपर्ने माग गर्दै राजनीतिक दललाई ध्यानाकर्षणपत्र

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यकारी पद महिला हुनुपर्ने माग गर्दै जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई इन्सेकलगायत अधिकारकर्मी तथा राजनीतिक दल आबद्ध महिला सङ्गठनका प्रतिनिधिहरूले वैशाख ५ गते ध्यानाकर्षणपत्र बुझाएका छन् ।

सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्ष दलहरूले कार्यकारी पदमा महिलाहरूको कुनै नाम समेत नलिएका कारण कार्यकारी पदमा महिला हुनुपर्ने माग सहित जिल्लास्थित राजनीतिक दलको पार्टी कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

वडाध्यक्षसहित पालिकाको प्रमुख तथा उपप्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने उनीहरूले मागसमेत गरेका छन् ।

राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक प्रतिनिधित्वको संवैधानिक एवम् कानुनी व्यवस्था रहेको हुँदा स्थानीय तहका प्रमुख र वडाअध्यक्ष जस्ता पदमा महिलाको सहभागिता सुनिश्चित गर्न ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा–‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय तहका प्रमुख कार्यकारी पदमा महिलालाई समानुपातिक समावेशी सिद्धन्तका आधार, राजनीतिक दलका विधान र राजनीतिक प्रतिबद्धतालाई मध्यनजर गर्दै जाजरकोट जिललाका स्थानीय तहका प्रमुख र वडाध्यक्ष जस्ता भुमिकामा समेत समानुपातिक र समावेशी रूपमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न जोडदार ढङ्गबाट ध्यानकर्षण गराउँछौ ।’–भनिएको छ ।

photo20220419jajarkot

अन्य

भिडियो