२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ बोगडियाका ३० वर्षीय भल्लु मल्लाहलाई वैशाख ४ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख ४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले इन्सेक प्रतिनिधिसँगको टेलिफोन सम्पर्कमा बताउनु भयो ।
राती घरमै सुतेको अवस्थामा आरोपितले काखे बालकलाई लगेर गएको र बालकलाई लिन जाँदा घटना भएको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।