ज्वालामुखी गाउँपालिका–२ द्वारथोकमा किरियापुत्रीलाई खानेपानी नदिएर गैरदलित समूदायले जातीय विभेद गरेको पीडितहरूले ०७८ चैत २७ गते मानव अधिकारकर्मीहरूसँग गुनासो गरेका छन् ।
सन्तमायाँ सुनारको मृत्यु संस्कार अनुसार काजकिरिया गर्न ०७८ चैत २१ गतेबाट किरियापुत्री बसेका आफूहरूलाई दलित भएकै कारण पानी नदिएको बताउँदै जातीय विभेद गरेको अधिकारकर्मीहरूलाई जानकारी दिएका हुन् ।
इन्सेक प्रतिनिधि सीताराम अधिकारीलाई घटनाबारे बताउँदै अझै कायम रहेको जातीय विभेद अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
ठैलोचौरका दिपेन्द्र सुनारले दलितभएकै कारण समस्या भोगेकोले जातीय छुवाछुतबारे सार्वजििनक गरिदिन आग्रह गरेका हुन् । बिहानमात्र खानेपानी दिने गरिएको बताउँदै आएको खानेपानी हेरालु र उपभोक्ता समितिले केहीदिन अघि गाउँकै एक गैर दलितको घरमा ब्रतबन्ध हुँदा तीनदिनसम्म पानी उपलब्ध गराइएको भए पनि दलितको घरमा मृत्यु संस्कारमा समेत पानी नदिएर “कामी” ले जहिले माग्छ त्यहिले पानी दिन नसक्ने उपभोक्ता समितिले बताएको पीडित भद्रलाल सुनारको भनाइ छ ।
गैर दलितलाई पानी दिन जुनसुकै बेला दिन सल्लाह गर्नु नपर्ने र दलितलाई दिँदा सल्लाह गर्नु पर्ने भन्ने उपभोक्ता समितिको भनाइ समेत जातीय रूपमा आफूहरूलाई हेपिएको महसुस भएको किरियापुत्री चित्रबहादुर सुनारको आक्रोस छ ।
आफूले पानी माग्दा धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनार बताउँउनु हुन्छ ।
धाराको पानी नपाएपछि एक घण्टा टाढाको धारामा जानु पर्ने बध्यता रहेकोले जातीय विभेदकै कारण आफूहरू समस्या भोगेको किरियापुत्रीहरूको भनाइ छ । किरियामा मृतकका छोरा बुहारी र छोरीहरू समेत गरी १० जना बसिरहेका छन् ।
घटनाका सम्बन्धमा लिफ्टको खानेपानी बिहान मात्र खोल्न मिल्ने भएकोले दिउँसो दिन नसकिएको र किरिया सक्ने अन्तिम दिनमा दिएउँसो दिन सकिने जानकारी दिएको उपभोक्ता समितिका भक्तबहादुर कार्कीले बताउनुभयो । उहाँले आफूले जातीय विभेद नगरेको दावी समेत उहाँले गर्नुभएको छ ।