१२ र १३ वर्षीया दुई जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ स्थित एक माध्यामिक विद्यालयमा कार्यरत शिक्षक ४० वर्षीय फणिन्द्र भटराई र ३८ वर्षीय विमल देवकोटाविरुद्ध पीडितका आफन्तले चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आरोपित दुवै जनालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनु भयो ।
डिएसपी अधिकारीले दुवै शिक्षकलाई चैत २५ गते जिल्ला अदालतबाट म्याद थप भइ हिरासतमा राखि अनुसन्धान थालिएको जानकारी दिनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण २४ गते भरतपुर अस्पतालमा गरिएको छ ।