INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भरेको आरोपमा दुल्लू नगरपालिका–८ दुल्लू बजारका ४२ वर्षीय हरिप्रसाद आचार्यविरूद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको छ ।

बिरामी परेकी पीडित बालिकालाई झारफुक गरिदिने बहानामा आरोपितले चैत २१ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा चैत २४ गते गरिएको र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनु भयो ।

उजुरी दर्ता भएदेखि नै आरोपितलाई निगरानीमा राखिएको र अदालतबाट पक्राउ पूर्जी लिएर गिरफ्तार गर्ने इन्स्पेक्टर सुनारले बताउनु भयो ।

अन्य

भिडियो