११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई हाल नारायण नगरपालिका–७ किमुगाउँमा डेरा गरी बसेका २६ वर्षीय सिबु तामाङलाई दैलेख प्रहरीले चैत १६ गते गिरफ्तार गरेको छ ।
मध्यपहाडी राजमार्गको निर्माणाधिन सडकका मजदुर आरोपित तामाङले बालिकालाई चैत १६ गते बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण र प्राथमिक उपचार चैत १६ गते राति दैलेख अस्पतालमा गरिएको अस्पतालकी डा. रोशनी श्रेष्ठले जानकारी दिनु भयो ।