INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, १८ सय ७७ ओटा मतदानस्थल र ४ हजार बढी मतदान केन्द्र

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेशभर १ हजार ८ सय ७७ ओटा मतदान स्थल र ४ हजार ५१ ओटा मतदान केन्द्र तोकिएको छ ।

०७९ वैशाख २९ गतेभित्र १८ वर्ष पुरा भएका मतदातामध्ये प्रदेश १ मा १६ लाख ९९ हजार ८ सय जना पुरूष, १६ लाख ४७ हजार ५ सय ६१ जना महिला र २३ जना अन्य गरी प्रदेश १ मा कूल मतदाताको सङ्ख्या ३३ लाख बढी रहेको निर्वाचन आयोगले जनाएको छ ।

नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई वि.स.०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।

०७८ माघ २४ गते मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा ४७ हजार ६ सय ५५ जना पुरूष र ४२ हजार २५ जना महिला गरी ८९ हजार ६ सय ८० जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ७३ ओटा मतदान स्थल र १ सय २२ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ताप्लेजुङमा प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा विदुरप्रसाद कोइराला, फक्ताङ्गलुङ गाउँपालिकामा राजकुमार दाहाल, मिक्वाखोला गाउँपालिकामा मधुसुदन आर्चाय, मेरिङ्गदेन गाउँपालिकामा शम्भुप्रसाद रेग्मी, मैवाखोला गाउँपालिकामा दिव्यराज घिमिरे, पाथीभरा याङ्वरक गाउँपालिकामा युवराज महत, सिदिङ्गवा गाउँपालिकामा विनिता भट्टराई र सिरिजङ्गा गाउँपालिकामा मोहन खनाललाई निर्वाचन अधिकृत तोकिएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा १ सय ३ ओटा मतदान स्थल र १ सय ६२ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले सङ्खुवासभामा शान्तिप्रसाद आर्चायलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

चिचिला गाउँपालिकामा शान्तिप्रसाद शर्मा, चैनपुर नगरपालिकामा लेखनाथ ढकाल, धर्मदेवी नगरपालिकामा शेखरबाबु कार्की, पाँचखपन नगरपालिकामा शशि राई, भोटखोला गाउँपालिकामा मोहनमणि घिमिरे, मकालु गाउँपालिकामा कर्णबहादुर बुढाथोकी, मादी नगरपालिकामा किरणकुमार सिंह, सभापोखरी गाउँपालिकामा टिकाभूषण घिमिरे र सिलिचोङ गाउँपालिकामा कङ्कज भूर्तेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा ४१ हजार २ सय ६० जना पुरूष र ३८ हजार ७ सय ५९ जना महिला गरी ८० हजार १९ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा १ सय २२ ओटा मतदान स्थल र १ सय ३४ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले सोलुखुम्बुमा सन्तोषप्रसाद पराजुलीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

खुम्बुपासाङ ल्हामु गाउँपालिकामा हरिप्रसाद शर्मा, माप्यदूधकोशी गाउँपालिकामा मीना गुरुङ, थुलुङदूधकोशी गाउँपालिकामा अञ्जन भट्टराई, नेचासल्यान गाउँपालिकामा पुष्कर भट्टराई, महाकुलुङ गाउँपालिकामा प्रकाश गुरुङ, लिखुपिके गाउँपालिकामा ऋषिराम भट्टराई र सोताङ गाउँपालिकामा कृष्णकुमार कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा ५९ हजार १ सय ६२ जना पुरूष, ५७ हजार ९ सय २२ जना महिला र अन्य एक जना गरी १ लाख १७ हजार ८५ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ७९ ओटा मतदान स्थल र १ सय ५० ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ओखलढुङ्गामा दलबहादुर केसीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

खिजिदेम्वा गाँउपालिकामा विष्णुहरि बराल, चिशंखुगढी गाँउपालिकामा कमला काफ्ले, मानेभञ्याङ गाउँपालिकामा नविन खनाल, मोलुङ गाउँपालिकामा खीनादेवी लङवा, लिखु गाउँपालिकामा राजेशकुमार थापा र सुनकोशी गाउँपालिकामा कविता फुयाँललाई निर्वाचन अधिकृत तोकिएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा ७५ हजार ६ जना पुरूष ६८ हजार ७ सय ४६ जना महिला गरी १ लाख ४३ हजार ७ सय ५२ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा १ सय ३६ ओटा मतदान स्थल र १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले खोटाङमा मातृकाप्रसाद आर्चायलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

ऐसेलुखर्क गाउँपालिकामा रामाकान्त यादव, कोपिलासगढी गाउँपालिकामा राजकुमार राई, खोटेहाङ गाउँपालिकामा गेहेन्द्रराज रेग्मी, जन्तेढुङ्गा गाउँपालिकामा मानबहादुर मगर, दिप्रुङचुईचुम्मा गाँउपालिकामा गम्भीर घिमिरे, बराहपोखरी गाउँपालिकामा कोपिला राई, रावावेशीँ गाउँपालिकामा लालबहादुर कार्की, साकेला गाउँपालिकामा राजन नेपाल र हलेसी तुवाचुङ्ग नगरपालिकामा सङ्गीता न्यौपाने ढुङ्गेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा ६५ हजार २ सय २१ जना पुरूष, ६० हजार ७ सय ४ जना महिला र एक जना अन्य गरी १ लाख २५ हजार ९ सय २६ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ८७ ओटा मतदान स्थल र १ सय ६० ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले भोजपुरमा गेहेन्द्रराज पन्तलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

अरूण गाउँपालिकामा प्रेमप्रसाद लुईटेल, आमचोक गाउँपालिकामा कल्पना राई, टेम्केमैयुङ गाउँपालिकामा मुनका न्यौपाने, पौवादुङ्मा गाउँपालिकामा पुरूषोत्तम सुवेदी, रामप्रसादराई गाउँपालिकामा गणेशमानसिं राई, षडानन्द नगरपालिकामा नवराज कार्की, साल्पासिलिछो गाउँपालिकामा खेमराज ओझा र हतुवागढी गाउँपालिकामा राजेशबाबु घिमिरेलाई निर्वाचन अधिकृत तोकिएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा ५७ हजार ७ सय १६ जना महिला र ५८ हजार २ सय ४८ जना महिला गरी १ लाख १५ हजार ९ सय ६४ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा १ सय १८ ओटा मतदान स्थल र १ सय ५९ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले धनकुटामा फणिन्द्रप्रसाद पराजुलीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

शहीदभूमि गाउँपालिकामा रुद्रमणि गिरी, चौविसे गाउँपालिका राजन बाँस्तोला, छथरजोरपाटी गाउँपालिकामा गोकुलबहादुर निरौला, पाख्रिवास नगरपालिकामा राजेन्द्र भट्टराई, महालक्ष्मी नगरपालिकामा सफल पोर्तेल र साँगुरीगढी गाउँपालिकामा रत्नबहादुर कुटवाललाई निर्वाचन अधिकृत तोकिएको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ३६ हजार ९ सय ७३ जना पुरूष र ३५ हजार ९ सय २२ जना महिला गरी ७२ हजार ९ सय ८५ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ५७ ओटा मतदान स्थल र ९५ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले तेर्हथुममा महेन्द्रप्रसाद पोखरेललाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आठराई गाउँपालिकामा पारसमणि पोखरेल, छथर गाउँपालिकामा टेकप्रसाद पुलामी, फेदाप गाउँपालिकामा इन्द्रकुमार श्रेष्ठ, मेन्छ्यायेम गाउँपालिकामा पुष्पराज बराल र लालीगुराँस नगरपालिकामा मदनप्रसाद पराजुलीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लामा ७३ हजार ५ सय ७६ जना पुरूष र ६६ हजार ६ सय ४८ जना महिला गरी १ लाख ४ हजार २ सय २४ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा १ सय १ ओटा मतदान स्थल र १ सय ७६ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले पाँचथरमा योगेन्द्रप्रसाद शाहलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

कुम्मायक गाउँपालिकामा विश्वजङ्ग सिंजापति, तुम्वेवा गाउँपालिकामा सुवर्णमान बनेपाली, फालेलुङ्ग गाउँपालिकामा सितामान खड्का, फाल्गुनन्द गाउँपालिकामा अमृतबहादुर राई, मिक्लाजुङ्ग गाउँपालिकामा पुजा खत्री, याङ्वरक गाउँपालिकामा गोपालप्रसाद थापा र हिलिहाङ्ग गाउँपालिकामा दशरथ राईलाई निर्वाधन अधिकृत तोकिएको छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा १ लाख १५ हजार ५ सय ५४ जना पुरूष, १ लाख ९ हजार १ सय ९२ जना महिला र अन्य दुई जना गरी २ लाख २४ हजार ७ सय ४८ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा १ सय ५१ ओटा मतदान स्थल र १ सय ८५ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले इलाममा हरिश्चन्द्र इङ्गनामलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

चुलाचुली गाउँपालिकामा तेजप्रकाश प्रसाई, देउमाई नगरपालिकामा हरिबहादुर दाहाल, फाक्फोकथुम गाउँपालिकामा पुष्पराज कटुवाल, माई नगरपालिकामा फणिन्द्रराज भट्टराई, माईजोगमाई गाउँपालिकामा प्रेमकुमार काफ्ले, माङसेबुङ गाउँपालिकाका घनेन्द्र अधिकारी, रोङ गाउँपालिकामा उषा श्रेष्ठ, सन्दकपुर गाँउपालिकामा राजेन्द्रबहादुर बस्नेत र सूर्योदय नगरपालिकामा लोकबहादुर हमाललाई निर्वाचन अधिकृत तोकिएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा ३ लाख २१ हजार ५ सय २० जना पुरूष, ३ लाख २४ हजार ७ सय ५ जना महिला र नौ जना अन्य गरी ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा २ सय ८६ ओटा मतदान स्थल र ७ सय ५५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले गिरीराज गौतमलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

अर्जुनधारा नगरपालिकामा लोकबहादुर कटुवाल, कचनकवल गाउँपालिकामा वीरेन्द्र बस्नेत, कन्काई नगरपालिकामा दीपक कोइराला, कमल गाउँपालिकमा प्रकाश गौतम, गौरादह नगरपालिकामा विदुरकुमार कार्की, गौरीगञ्ज गाउँपालिकामा लालबहादुर श्रेष्ठ, झापा गाउँपालिकामा झरेन्द्रप्रसाद चापाँगाई, दमक नगरपालिकामा केशवप्रसाद पन्त, बाहृदशी गाउँपालिकामा पुष्कलराज प्रसाई, वुद्धशान्ति गाउँपालिकामा डमरुप्रसाद निरौला, मेचीनगर नगरपालिकामा वेदराज फूयल, विर्तामोड नगरपालिकामा डम्वरप्रसाद काफ्ले, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल र हल्दीवारी गाउँपालिकामा नारदप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा ३ लाख ६३ हजार ४ सय ४८ जना पुरूष, ३ लाख ५१ हजार ७ सय ६९ महिला र ६ जना अन्य गरी ७ लाख १५ हजार २ सय २३ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ३ सय ओटा मतदान स्थल र ८ सय २० ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय मोरङमा भरत लम्साललाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

उर्लावारी नगरपालिकामा ओमकरप्रसाद न्यौपाने, कहटरी गाउँपालिकामा होमनाथ भट्टराई, कानेपोखरी गाउँपालिकामा गणेश नायक, केरावारी गाउँपालिकामा भानुभक्त न्यौपाने, ग्रामथान गाउँपालिकामा भोलानाथ निरौला, जहदा गाउँपालिकामा पदमप्रसाद वस्ती, धनपालथान गाउँपालिकामा टिकेन्द्रजङ्ग राणा, पथरी शनिश्चरे नगरपालिकामा खगेन्द्र सुवेदी, बुढीगङ्गा गाउँपालिकामा मणिराज पोखरेल, बेलवारी नगरपालिकामा बालकृष्ण निरौला, मिक्लाजुङ गाउँपालिकामा रामकृष्ण श्रेष्ठ, रङ्गेली नगरपालिकामा रामहरि शर्मा काफ्ले, रतुवामाई नगरपालिकामा राजु अधिकारी, लेटाङ नगरपालिकामा पुण्यप्रसाद ढकाल, सुनवर्षी नगरपालिकामा चन्द्रमणि पोखरेल र सुन्दरहरैँचा नगरपालिकामा माधव भण्डारीलाई निर्वाचन अधिकृत तोकिएको प्रदेश निर्वाचन कार्यालयका अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा २ लाख ६९ हजार १ सय ४६ जना पुरूष, २ लाख ६५ हजार ७ सय १७ जना महिला र दुई जना अन्य गरी ५ लाख ३४ हजार ७ सय ६५ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा १ सय ६६ ओटा मतदान स्थल र ५ सय ८१ ओटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले सुनसरीमा कैलाशप्रसाद शिवाकोटीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । इटहरी उपमहानगरपालिकामा नारायण रिमाल, कोशी गाउँपालिकामा एकराज अधिकारी, गढी गाउँपालिकामा भेषराज भट्टराई, दुहबी नगरपालिकमा षड्कुमार पोखरेल, देवानगञ्ज गाउँपालिकामा जोरासिंह माझी, धरान उपमहानगरपालिकामा पुष्करराज नेपाल, बराहक्षेत्र नगरपालिकामा रमेश श्रेष्ठ, बर्जु गाउँपालिकामा कृष्ण पौडेल, भोक्राहा नरसिंह गाउँपालिकामा मोहनराज अधिकारी, रामधुनी नगरपालिकामा विजयराज सुवेदी र हनिनगर गाउँपालिकामा मोहनप्रसाद घिमिरेलाई निर्वाचन अधिकृत तोकिएको छ ।

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार जिल्लामा १ लाख १२ हजार ८ सय ८५ जना पुरूष, १ लाख १० हजार २ सय ५१ जना महिला र अन्य दुई जना गरी २ लाख २३ हजार १ सय ३८ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ९८ ओटा मतदान स्थल र २ सय ५८ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले उदयपुरमा दीपक खनाललाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

उदयपुरगढी गाउँपालिकामा धनबहादुर कार्की, कटारी नगरपालिकामा राजकुमार राउत, चौदण्डीगढी नगरपालिकामा महेशकुमार दाहाल, ताप्ली गाउँपालिकामा ऋषिकुमार दाहाल, रौतामाई गाउँपालिकामा सुवासकुमार भट्टराई, बेलका नगरपालिकामा जनकराज पन्त र लिम्चुङबुङ गाउँपालिकामा तुलाराज सुनुवारलाई निर्वाचन अधिकृत तोकिएको छ ।      

अन्य

भिडियो