INSEC Online

📅 २०८३ श्रावण १

छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

आफैले अध्यापन गराउने विद्यालयकी १५ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–१ स्थित सोमेश्वर माविका शिक्षकविरुद्ध पीडितका आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

Promo-04

माडी नगरपालिका–५ घर भई सोमेश्वर माविमा कार्यरत शिक्षक ३७ वर्षी सुरज लामिछानेविरुद्ध छात्रालाई दुर्व्यवहार गरेको आरोपमा उजुरी प्राप्त भएकोले गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा चैत ६ गते गरियो ।

प्रहरीमा उजुरी दिन र बालिकाको स्वास्थ्य परीक्षण गराउनका लागि इन्सेक चितवन जिल्ला प्रतिनिधिको पहल रहेको थियो ।

अन्य

भिडियो