१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, सेरुङ घर भइ गोदावरी नगरपालिका–३, पुतलीघाट बस्ने ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले ०७८ चैत ५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाई फकाइै ०७८ फागुन २७ गते राती बा ४ ख ३१८१ नम्बरको रोकिराखेको बसभित्र लगि बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित चैत ५ गते पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

आरोपितलाई चैत ५ गते नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनायो ।