४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नलगाड नगरपालिका–६ गराग्लिका ४६ वर्षीय खडकबहादुर खड्कालाई प्रहरीले ०७८ चैत २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७५ माघ १५ गते राति बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ०७५ माघ १७ गते उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालयमा उजुरी परे लगत्तै खड्का ‘फरार’ भएको प्रहरीले जनायो ।

तीन वर्षसम्म फरार रहेका खड्कालाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय दल्लिबाट खटेर गएको प्रहरी टोलीले ०७८ चैत २ गते गिरफ्तार गरेको हो ।
आरोपितलाई प्रहरीले ०७८ चैत ४ गते जिल्ला अदालतमा उपस्थित गराएको र अब अदालती प्रकृया अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले बताउनु भयो ।