१७ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुम्मायक गाँउपालिका–५ का ३९ वर्षीय केदार थापालाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७८ फागुन २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डम्बर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको छ ।