INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

४६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेन्छयायेम गाउँपालिका–६ का ५४ वर्षीय खजेन्द्रबहादुर दमाईलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको फागुन २६ गतेको इजालसले कसुर गरेको ठहर गर्दै १२ वर्ष कैद सजायसँगै १ लाख जरिबानाको फैसला गरेको अदालका श्रेस्तेदार पारशमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित महिलालाई आरोपितले ०७८ कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७८ मङ्सिर ८ गते गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर २७ गते बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।

जिल्ला अदालतको ०७८ पुस ९ गतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा  थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १८ गते गरिएको थियो ।

अन्य

भिडियो