कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको मानव अधिकारको अवस्थाका विषयमा चासो राख्नुभएको छ ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीलगायतको टोलीसँग फागुन २६ गते कुराकानी गर्दै प्रदेश प्रमुख परियारले मानव अधिकार अवस्थाको विषयमा चासो राख्नुभएको हो ।
प्रदेश प्रमुख परियारले कर्णाली प्रदेशमा मानव अधिकारसँग सम्बन्धित के कस्ता घटनाइहरू भइरहेका छन् र घटनाले नागरिकमा कस्तो प्रभाव पारेको छ भन्ने बारेमा जिज्ञासा राख्नु भएको थियो ।

मानव अधिकार रक्षकसँग सम्बन्धित कानुनको मस्यौदा आफूलाई उपलब्ध गराए अध्ययन गरेर आवश्यक सल्लाह, सुझावसहित संशोधनका लागि सहयोग गर्ने बताउनु भयो ।
इन्सेकले मानव अधिकारको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको रक्षाका लागि सरोकारवाला निकायहरूबिच समन्वय गर्नुपर्ने उहाँको भनाइ थियो ।
इन्सेक संयोजक सुवेदीले कर्णाली प्रदेशमा घरेलु हिंसा, बालविवाह लगायतका घटनाहरू बढ्दो अवस्थामा रहेको बताउनु भयो ।
