INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि सरोकारवालाको ऐक्यवद्धता

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि सरोकारवाला निकायले फागुन २४ गते सुर्खेतमा प्रतिबद्धता जनाएका छन् ।

समुदायमा लैङ्गिक विभेद र बढ्दो बालविवाह चुनौतिका रूपमा रहेको भन्दै यसको अन्त्यका लागि सम्पूर्ण सरोकारवाला पक्ष एकजुट भएर लाग्नुपर्ने सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताउनु भयो ।

गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गरेर कार्यान्वयनको चरणमा रहेकोमा आगामी दिनमा थप प्रभावकारी ढङ्गबाट काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

photo20220309surkhet

गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला शाहीले गाउँटोलका स्वयम् नागरिक सचेत हुनुपर्ने भन्दै विगतको तुलनामा लैङ्गिक हिंसा र बालविवाहमा केही कमी भएको उहाँको भनाइ थियो ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीमा हरेक महिलाहरुले विभेद र लैङ्गिक हिंसा खेपिरहनु परेको तितो यथार्थ समुदाय भइरहेकाले यसको न्यूनीकरणका लागि स्थानीय सरकारले नीति निर्माण गरेर ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भयो ।

महिलामाथि हुने विभेद र हिंसा अन्त्यका लागि स्वयम् व्यक्तिले आवाज उठाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि बहस समेत गरिएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ केन्द्रीय सदस्य घनश्याम केसी, सञ्चारिका समूह कर्णाली प्रदेशकी अध्यक्ष सीता वलीलगायत मानव अधिकारकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रमको आयोजनाका लागि सिम्ता गाउँपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश, मिडिया एड्भोकेसी ग्रुप (म्याग) सोलिडारिटी सेन्टर, केड नेपाललगायतका संस्थाको सहकार्य भएको थियो ।

photo20220309surkhet

अन्य

भिडियो