INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलाद्वारा न्यायका लागि प्रहरीमा उजुरी

नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्री शाहीले आफूमाथि २७ वर्षीय पति बखतबहादुर शाहीबाट बारम्बार घरेलु हिंसा हुँदै आएको भन्दै फागुन २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गर्नुभएको छ ।

पत्नीलाई चक्कू प्रहार भए लगत्तै जोगाउन गएका ४६ वर्षीय ससुरा बमबहादुर चन्द र १४ वर्षीय सालो सुरेश चन्दलाई चक्कूले लागी घाइते भएको भन्दै आरोपितलाई गिरफ्तार गरी आवश्यक कानुनी कारवाहीका लागि उजुरीमा माग गरिएको छ ।

दिनहुँ जस्तो कुटपिट गर्न थालेपछि गएको पुस २९ गते नौमूले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आएकोमा फागुन २२ गते साँझ लुकेर एक्कासी चक्कू प्रहार गरी घाइते बनाएको पीडित महिलाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

घटना लगत्तै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा ल्याइएकोमा घाइते तीनै जनाले लगातार बान्ता गरेकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डाक्टर जगत थापाले जानकारी दिनु भयो ।

अन्य

भिडियो