INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागार, कैलालीको थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापामगरको फागुन २१ गते उपचारका क्रममा मृत्यु भएको छ  ।

फोक्सोमा समस्या देखिएपछि फागुन १९ गतेदेखि सेती प्रादेशिक अस्पतालको आइसीयुमा उपचाररथ थापामगरको फागुन २१ गते मृत्यु भएको जिल्ला कारागार, कैलालीका कम्पियुटर अपरेटर टेकबहादुर किमाडीले बताउनु भयो  ।

लागुऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले थापामगरलाई साउन २६ गते गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत साउन २७ गते जिल्ला अदालतमा लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले आरोपितलाई भदौ २० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि आरोपित थापालाई जिल्ला कारागारमा थुनामा राखिएको थियो ।

अन्य

भिडियो