१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फरार रहेका इन्द्रावती गाउँपालिका–१२ का २५ वर्षीय अनुष दनुवारलाई प्रहरीले ०७८ फागुण १६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०७८ माघ २० गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडितका तर्फबाट पीडितकी आमाले ०७८ माघ २३ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण नवलपुर अस्पतालमा ०७८ माघ २३ गते गरिको थियो ।