५७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–३ बनगाँवाका ४६ वर्षीय उमेश धाेवीलाई फागुन ९ गते राती घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन ९ गते बलात्कार प्रयास गरेको भदै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर तेजबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।