INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–८ का १९ वर्षीय सन्तोष घर्ती मगरलार्ई फागुन ९ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  फागुन ८ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ८ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो