INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक आयोगकालागि पनि सूचनाको स्रोत: अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक आयोगकालागि सूचनाको स्रोत भएको बताउनु भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले फागुन ९ गते बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रमको सम्बोधन गर्ने क्रममा अध्यक्ष मगररले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष मगरले घटनाहरूको अनुगमन गरी महत्वपूर्ण अभिलेख राखेर नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्ने गरेको बताउदै यसले आयोगलाई जिल्लागत मानव अधिकारको अवस्थाका विषयमा सूचना प्राप्त गर्न सहज भएको बताउनु भयो ।

कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेलले आयोगले सिफारिस गरेका घटनारूलाई सरकारले कार्यान्वयन गर्नुपर्ने  भए पनि सिफारिस गरेका १४ प्रतिशत मात्र पूर्ण कार्यान्वयन भएको बताउनु भयो । खरेलले ३८ प्रतिशत आंशिक कार्यान्वयन र ४८ प्रतिशत कार्यान्वयन नगरिएको बताउनु भयो ।

photo2022022301rupandehi

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आम नागरिकको मानव अधिकाको सङ्रक्षण र प्रवद्र्धनमा सम्वेदनशील भएर अगाडि बढेको बताउनु भयो । तिवारीले मानव अधिकारको प्रत्याभूत गराउनका लागि मानव अधिकार कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरी शान्ति सुरक्षाको प्रत्याभूति गराउने कुरामा कुनै कसर नराखेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले प्रहरी पहिलो श्रेणीको  मानव अधिकार रक्षक  भएकाले आम नागरिकको मानव अधिकारको सङ्रक्षण र प्रवद्र्धन गर्नका लागि सक्रियरुपमा लागि परेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख सन्तोष आचार्यले लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्थाका विषयमा प्रस्तुत गर्नु भएको थियो ।

अन्य

भिडियो