INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–२ का ३६ वर्षीय जीवन पौडेललाई प्रहरीले फागुन ७ गते गिरफ्तार गरेको छ ।

आरोपितविरुद्ध पीडित परिवारले फागुन ७ गते नै जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनु भयो ।

पीडित बालिकालाई फागुन ६ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

आरोपितविरुद्ध जिल्ला अदालतमा फागुन ९ गते मुद्दा दर्ता गरी अनुसन्धानको लागि पाँच दिनको म्याद थप भई हिरासतमा राखिएको डिएसपी अधिकारीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ८ गते भरतपुर अस्पतालमा गरियो ।

अन्य

भिडियो