INSEC Online

📅 २०८३ जेष्ठ २२

वडाध्यक्षमाथि मोसो दलेर दुर्व्यवहार, आरोपित विरुद्व उजुरी

बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमराज खातीमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मोसो दलेर दुर्व्यवहार गरेको भन्दै पीडितले सात जना आरोपित विरुद्व माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

वडाध्यक्ष खातीले भष्टचार गरेको, आर्थिक हिनामिना र अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले माघ २७ गते कार्य कक्षभित्रै मुसो दलेर दुर्व्यवहार गरेका हुन् ।

कुनै प्रकारको भष्टचार गरेको पुष्टि गरिएको खण्डमा जस्तोसुकै कार्वाही भोग्न तयार रहेको तर सात÷ आठ जनाको सङ्ख्यामा आएका अपरिचित नेत्रविक्रम चन्द  नेतृत्वका कार्यकर्ताहरुले पूर्वाग्रही भएर मोसो दलेर दुर्व्यवहार गरकाले कावार्हीका लागि प्रहरीमा उजुरी दिएको पीडित वडाध्यक्ष खातीले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा घटनामा संलग्न नेत्रविक्रम चन्द नेतृत्वका कार्याकर्ताहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालकाका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

बेलडाँडी गाउँपालिका, नेकपा एमाले गाउँ कमिटि र एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले माघ २७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्न माग गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनले माघ २७ गते प्रेश विज्ञप्ति जारी गरी वडाध्यक्ष खातीले भष्टाचार गरेकोले मोसो दलेर जनकार्वाही गरेको भन्दै घटनाको जिम्मेवारी लिएको जनाएको छ ।

Press statement20220211kanchanpur (2)

Press statement20220211kanchanpur (1)

अन्य

भिडियो