४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई माघ ५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ४ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सागर साहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ४ गते गरिएको छ ।