शारिरीक अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–४ का ४३ वर्षीय केदारनाथ घिमिरेलाई माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धर्मदेवी नगरपालिका–३ मुढेबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ४ गते गरिएको छ ।