६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका–१ का ५७ वर्षीय उजरसिंह आलेलाई माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सई मोतीबहादुर खड्काले बताउनु भयो ।
आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ३ गते पाल्पा अस्पतालमा गरिएको छ ।