२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–५ का २० वर्षीय रहिम जुल्लाह मुसलमानलाई माघ २ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस ३० गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले माघ २ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा उजुरी दिएकी छन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले फोनमार्फत इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ३० गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।