१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला बलरा नपा–९ स्थायी घरभई इन्द्रवती गाउँपालिका–८ स्थित सिपापोखरे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य निरीक्षक ४४ वर्षीय उमेशप्रसाद चौधरीलाई प्रहरीले ०७८ माघ २ गते गिरफ्तार गरेको छ ।
आफूलाई मङ्सिर २० गते सिपापोखरे स्वास्थ्य चौकीमा डाकेर आरोपित चौधरीले बलात्कार गरेको भन्दै पीडितले पुस ३० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ३० गते नवलपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको छ ।