INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–१६ बस्दै आएका २१ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पुस ३० गते आरोपितको कोठाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पुस २७ गते बुढानिलकण्ठ नगरपालिका–५ स्पेशल चोकको एक निर्माणाधिन घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले श्रेष्ठविरुद्ध पुस २८ गते महानगरीय प्रहरी वृत महाराजगन्जमा उजुरी दिएपछि उनी फरार रहेका थिए ।

पीडितलाई आरोपितले विभिन्न प्रलोभनमा पारी भेट्न बोलाएर बलात्कार गरेको महानगरीय प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २८ गते थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ ।

अन्य

भिडियो