२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले पुस ३० गते भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नातेदारलाई ११ वर्ष कैद हुने फैसला सुनाएको छ ।
न्यायधीश अवनी मैनालीको इजलासले उक्त फैसला सुनाएको हो । पीडितले ०७८ साउन १३ गते बलात्कृत भएको भन्दै हरिजनविरुद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनभएको थियोे ।
प्रहरीले हरिजनलाई पुस २४ गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २४ गते भरतपर अपतालमा गरिएको थियो ।