जिर्ण अवस्थामा रहेको जिल्ला कारगार व्यवस्थापन हुँन नसकेपछि कैदीबन्दीहरुले सास्ती व्यहोर्नु परेको छ ।
२५ जना क्षमता रहेको कारागारमा ४४ जना कैदी र ६ जना थुुनुवालाई राखिदै आएको भएपनि कारागारको व्यवस्थापनमा ध्यान नदिएका कारण आफूहरुले सास्ती खेप्नु परेको कैद ओकेन्द्र सिंहले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘क्षमता भन्दा बढी कैदीबन्दीलाई राखिएको छ । चिसोको समयमा ओडने ओछ्याउनलाई समस्या हुने गरेको छ । मलगायत दमका बिरामीहरुलाई थप समस्या भएको छ । शौचालय जानका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ ।’
२०३७ सालमा निर्माण गरिएको जिल्ला कारागार पुरानो भएर वर्षातमा चुहिने र हिउदमा चिसो भित्र पस्ने गरको क्षमता भन्दा दोब्बर कैदीबन्दीहरु राख्नु पर्दा व्यवस्थापनमा समस्य भइरहेको जिल्ला कारागारका जेलर सुनराज रावलले बताउनु भयो ।
उहाँले जीर्ण अवस्थामा रहेको कारागारमा कैदीबन्दीहरुको सुरक्षामा समेत चौनौती रहेको जेलर रावलले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘एक जना अहेबको दरबन्दी छ । त्यो पनि रिक्त रहदा कैदीबन्दीको उपचारमा समेत समस्या हुने गरेको छ । दुई जना दिर्घरोगीहरु छन । उहाँहरुलाई उपचारको लागि जिल्ला अस्पताल लिनु पर्ने बाध्याता रहेको छ । सामान्य बिरामी कैदीबन्दीहरुलाई उपचारका लाग अस्पताल लैजानु पर्ने बाध्यताले सुरक्षा पनि चुनौती थपितएको छ ।’
आठ जना कर्मचारीको दरबन्दी रहेकोमा ६ जना कर्मचारी मात्रै कार्यरत रहेका र कारागार व्यवस्थापनका लागि सम्बन्धीत निकायमा जानकारी गराइएको भएपनि समस्या समाधान हुन नसकेको जेलर रावलले बताउनु भयो ।