INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई विष्णु गाउँपालिका–५ सिमराका ३४ वर्षीय सुजितकुमार महतोले पुस २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुस २५ गते उजुरी दिएकी छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

उजुरी पछि आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।

अन्य

भिडियो