INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–६ रुपन्देहीका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पुस १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सई मोतिबहादुर खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १९ गते पाल्पा अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो